चितवन / राजधानी वाहिरको ठूलो भरतपुर अस्पतालमा छोटो समयमा मेडिकल सुपरिटेण्डेन्ट (मेसु) परिवर्तन भइरहँदा अस्पतालका काम कारवाही प्रभावित भएका छन् । गएको भदौ यता अस्पतालमा तीन जना मेसु परिवर्तन भइसकेका छन् । अस्पतालबाट वि। सं। २०७७ भदौ २८ गते डा। श्रीराम तिवारी सरुवा भए संगै डा। राजन पाण्डे प्रमुख मेसु भएर आउनु भएको थियो । मंसिर ८ गते उहाँले राजिनामा दिनुभयो । अस्पतालका प्रबक्ता डा। युवानिधि वसौलाका अनुसार मंसिर ९ गते डा. जगन्नाथ तिवारीलाई मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी दिइएको थियो । तीन महिना नपुग्दै डा। बासुदेव पाण्डेलाई मेसुको जिम्मेवारी दिइएको छ । वसौलाका अनुसार उहाँले बुधबारबाट कार्यभार सम्हाल्नु भएको छ । यहि बैंशाख ५ गते उमेर हदका कारण उहाँको अनिवार्य अबकाश हुने वताइएको छ । त्यस पश्चात पुनः अर्को मेसु वनाउनु पर्ने हुन्छ । डा। श्रीराम तिवारी एक वर्ष तीन महिना काम गरेर सरुवा हुनु भएको थियो । त्यस अघि पनि अस्पतालमा डा। विश्ववन्धु वगालेले ४५ दिन, डा। रविन खड्काले ४ महिना र डा। कृष्ण पौडेलले आठ महिना मेसुको जिम्मेवारी बहन गर्नु भएको अस्पतालले जनाएको छ । पौडेल अगाडी डा। रुद्र मरासिनिले भने २८ महिना प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा रहेर काम गर्नु भएको थियो ।
तत्कालिन समयमा अस्पताल बिकास समितिको अध्यक्ष रहनु भएका हाल बागमती प्रदेश सभा सदस्य विजय सुवेदी प्रमुखको स्थायीत्व नहुँदा संस्थाले प्रभावकारी रुपमा काम गर्न नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “कम्तिमा दुई वर्ष काम गर्न नपाए योजना वनाएर कार्यान्वयन गर्न सक्दैन ।” यसले गर्दा अस्पतालले गर्नु पर्ने जति बिकास गर्न नसक्ने उहाँको भनाइ छ । आँफुले सम्बन्धित मन्त्रालयमा सुझाब दिएको सुवेदीले जानकारी दिनुभयो ।
दिगो रुपमा काम गर्ने बातावरण नहुँदा जिम्मेवारी पाएकाको आत्मबल उच्च वनाउन नसकीने उहाँको बुझाई छ । अस्पताल बिकास समितिका अध्यक्ष डा। भोजराज अधिकारी छोटो समयमा मेसु परिवर्तन हुँदा समितिले गरेका निर्णय कार्यान्वयन हुन नसकेको बताउनु हुन्छ । उहाँले भन्नुभयो “हामी निर्णय गर्छौ तर कार्यान्वयन हुन सकेको छैन ।” नयाँ आउने प्रमुखको बुझ्न नपाउँदै सरुवा हुँदा अस्पतालका धेरै काम रोकीएको उहाँको भनाई छ । अस्पताल भित्र भौतिक संरचना निर्माण र अन्य नियमित काममा समेत प्रमुख परिवर्तन हुँदा प्रभाबित हुने गरेको छ । अधिकारीको भनाइमा चिकित्सक, कर्मचारीले गर्ने काम पनि प्रमुख परिवर्तन भइरहँदा प्रभावित हुने गर्दछ ।
यो अस्पताल दुई वर्ष अघि संघिय अस्पताल वनेको हो । ६ सय शैया रहेको यस अस्पतालमा चितवन सहित १९ जिल्लाका बिरामीले प्रत्यक्ष रुपमा सेवा लिने गरेका छन् । सडक सञ्जालले जोडिएका कारण दुर्घटनाका घाइते देखि विभिन्न खालका रोगका बिरामीको उपचारको गन्तव्य यस अस्पताल हुने गरेको छ । प्रसुती लगाएतका सेवामा देशकै उत्कृष्ठ मानिने यस अस्पतालले कोभिड उपचारको यस क्षेत्रको नेतृत्व समेत गरेको थियो ।