February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विराटनगरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

February 20, 2021

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा कालो झण्डा देखाइएको छ । आफ्नो पक्षद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री ओलीलाई एयरपोर्ट मोडमा आन्दोलित (प्रचण्ड–माधव) पक्षका विद्यार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजीसमेत भएको छ । हाल विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । विराटनगरको विराट नर्सिङ होम अगाडि जनसभा हुँदैछ ।
सभामा ओलीसहित गृहमन्त्री राम बहादुर थापा, नेता सुवास चन्द नेम्वाङ, प्रदेश मुख्यमन्त्री शेरधन राईलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -