–सुरक्षा न्यौपाने
चितवन । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनसँग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताए । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसँग बोल्दै निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको बताएको हो ।
सरकारलाई जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने उनको भनाइ थियो । ‘राजनैतिक दलहरु निर्वाचनमा जाने विषय जनताबाट अनुमोदित हुने कुरा नमानी सुखै छैन ।’ उनले भने – ‘निर्वाचनमा सबै दलहरु सहभागी हुन्छ र अर्थ मन्त्रालयले आबश्यक वजेट निकाशा गरिसकेको छ ।’
उनले निर्वाचन निर्धारित समयमानै हुने र निर्वाचनको बिषयमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको जिकिर गरे । उनले संसद विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने र केही समय फैसलाको प्रतिक्षा गर्नु पर्ने उनको धारणा थियो । उनले सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दवाव नदिएको बताए ।
- ADVERTISEMENT -

‘निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा छ’
February 22, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
