निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ट्राफिक प्रहरीको सप्ताहव्यापी प्रशिक्षण अभियान सम्पन्न

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते
Photo : Halkaro
- ADVERTISEMENT -

गण्डकी / गण्डकी प्रदेशमा सप्ताहव्यापी रुपमा सुरु गरिएको चालकहरुलाई सडकमै प्रशिक्षण अभियान सकिएको छ । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग तथा समन्वय र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडा कास्कीको आयोजनामा फागुन ३ गते देखी ९ गते सम्म गोरखा जिल्लामा संचालन भएको सप्ताहव्यापी दुईपाङग्रे सवारी साधनका चालकहरुलाई सडकमै प्रशिक्षण कार्यक्रमको आईतवार समापन भएको छ ।
प्रशिक्षण कार्यक्रम गोरखा जिल्लाका बसपार्क, हरमटारी, लक्ष्मीबजार, आहाले, बाह्रकिलो, मजुवा देउराली, ठुलो आगन लगायतका स्थानमा ट्राफिक प्रहरीले दैनिक दुई घण्टा सडकमा गुडिरहेका दुई पांग्रे सवारी साधन मोटर साईकल, र स्कुटरका चालकलाई सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरु, सडक अनुशासन, सडक सुरक्षा, दुर्घटना न्यूनिकरण र सवारी दुर्घटनाबाट बच्ने मुलभुत उपायहरुका बारेमा प्रशिक्षण प्रदान गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपि प्रभु ढकालले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा ८ सय १० जना दुई पाङग्रे सवारीका चालकलाई प्रशिक्षण प्रदान गरी १ हजार १५ प्रति पर्चा पम्प्लेट विरतण गरिएको ढकालले बताउनुभयो । गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुमा यस आर्थिक वर्षमा दुई पांङग्रे सवारी साधनबाट ४२ वटा सवारी दुर्घटना भएको र उक्त दुर्घटनाहरुमा १० जना व्यक्तिको मृत्यु हुनुका साथै ३७ जना व्यक्तिहरु घाईते भएको तथा सवारी दुर्घटनामा संलग्न सवारी साधनहरु मध्ये दुई पाङ्ग्रे सवारी साधनको संख्या अत्याधिक भएको कुरालाई मध्यनजर राखी गण्डकी प्रदेशका सवै जिल्लाहरुमा यस्ता सवारी साधनलाई सडकमै पाँच मिनेट प्रशिक्षण दिई दुर्घटना न्यूनिकरण गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको ढकालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48