मकवानपुर / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी दुर्घटना भएको छ ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बरको सुमो र विपरित दिसाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरको सुमो एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी ११ जना घाइते भएको छ भने सबैको अवस्था खतरामुक्त छ । घाइतेहरुकोे हेटौंडा अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुबै सुमोलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
हेटौंडामा सवारी दुर्घटनामा ११ जना घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
