काठमाडौं / पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको छ ।
डा भट्टराईका प्रेस संयोजक विश्वदीप पाण्डेका अनुसार मंगलबार बिहान ९ बजेदेखि अस्पताल भर्ना गरिएको हो ।
पण्डेले उनलाई मंगलबार दिनभर अस्पतालमा राखी आवश्यक सबै स्वास्थ्य परीक्षण गरिने बताए । सोमबार भट्टराईले आफ्नो स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिएको उनले भने ।
उनी आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली गएका हुन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका उनी अहिले चिकित्सकहरुले न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंकामा सल्लाह र सिफारिश गरेपछि दिल्ली गएका हुन् ।
हाल उपचारका क्रममा रहेका डा भट्टराईसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहेका साथै रहेका छन् ।
पूर्वप्रधानमन्त्री डा भट्टराई यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
