काठमाडौँ / मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । केहीबेर ढिला गरी बैठक बसेको हो । आजको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धमा निर्णय गर्न सक्ने स्रोतले बताएको छ ।
गत शनिबार महासचिव विप्लव आफैले विज्ञप्ति जारी गरेर प्रतिबन्ध हटाए सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए । त्यसपछि सरकारले जारी प्रतिबन्ध हटाउने तयारी गरेको छ । सुरक्षा तथा स्थायित्वमा असर पार्ने गतिविधि गरेको भन्दै सरकारले विप्लव समूहमाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषदको बैठकअघि राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो ।
सरकारद्वारा विप्लव समूह माथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
