–बबिलाल तामाङ
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विशाल जनसभा गर्ने भएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले भोलि फागुन १३ गते भरतपुर केन्द्रीय बस टर्मिनलमा विशाल आमसभा गर्ने नेकपाका जिल्ला प्रचार प्रसार विभाग प्रमुख रामचन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार भोलि चारवटा स्थानबाट जुलुस प्रदर्शन गरिने तयारी भएका छन् । जसअन्तर्गत भरतपुर चौबीसकोठीबाट प्रदर्शन हुने जुलुसमा नेकपाकी केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज रेनु दाहाल र केन्द्रीय सदस्य ज्ञानु बस्नेतले नेतृत्व गरिने भएका छन् ।
यस्तै मालपोतचोकबाट प्रदर्शन हुने जुलुसमा नेकपाका बागमती प्रदेश संयोजक नारायण दाहाल र नेकपाका जिल्ला सचिव कृष्णभक्त पोखरेलले नेतृत्व गरिने भएका छन् । गोन्द्राङबाट प्रदर्शन हुने जुलुसमा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण खनाल र नेकपाकी केन्द्रीय सदस्य ईश्वरी भट्टराईले नेतृत्व गरिने भएका छन् ।
त्यस्तैगरी बुद्धचोकबाट प्रर्दशन हुने जुलुसमा नेकपाका केन्द्रीय सदस्य सूर्य पथिक र जिल्ला अध्यक्ष यमबहादुर परियारले नेतृत्व गरिने उनले बताए । सबै जुलुस एकै ठाउँ केन्द्रीय बस टर्मिनलमा जम्मा भई सभामा परिणत हुने उनले भने ।
उनले विशाल जनसभाको सम्पूर्ण तयारी सकिएको र भोलि हुने प्रदर्शनमा विद्यार्थी, कर्मचारी, संघसंस्था, मजदुर, महिला लगायत विभिन्न जातजातिलाई पहिचानसहित झाँकी जुलुसमा सहभागी हुन अनुरोध गरेका छन् ।
विशाल जनसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सुरेन्द्र पाण्डेलगायतका शिर्षनेताहरुबाट सम्बोधन हुने कार्यक्रम रहेको उनले बताए ।
- ADVERTISEMENT -

चितवनमा भोलि विशाल जनसभा, नेकपाका शिर्ष नेताहरुबाट सम्बोधन हुने
February 23, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
