रत्ननगर / सर्वोच्च अदालतले विघटित संसद् पुनर्स्थापना गरेकोमा स्वागत गर्दै रत्ननगरमा दीप प्रज्वलन गरिएको छ । नेकपा रत्ननगर नगर कमिटीले रत्ननगरको सौराहाचोकमा खुुसीयाली साटासाट गर्दै दीप प्रज्वलन गरेको हो ।
कार्यक्रममा सहभागीहरुले संसद् पुनस्र्थापना जनताको जीत भएको भन्दै एक आपसमा टीका लगाएका छन । कार्यक्रममा नगर समितिका अध्यक्ष कुलप्रसाद लामिछानेले जनताको अधिकार रक्षा हुने गरी सर्वोच्च अदालतले उत्कृष्ट निर्णय गरेको बताए । देशमा न्याय मरेको छैन भन्ने यो दरिलो उदाहरण हो उनले भने यो सम्पूर्ण नेपाली जनताको जीत हो ।
प्रदेश सांसद कन्चन खनालले मुलुकको व्यवस्था र संविधान हुने गरी भएको निर्णय स्वागत योग्य रहेको बताइन । यो एउटा पार्टीको मात्र जीत होइन उनले भनिन सम्पूर्ण नेपाली जनताको जीत भएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

संसद् पुनर्स्थापनाको स्वागतमा दीप प्रज्वलन
February 24, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
