February 6, 2025
- ADVERTISEMENT -

प्रचण्ड-नेपाल पक्षले बोलायो संसदीय दलको बैठक

February 24, 2021

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमलाई बदर गरेपछि सो पक्षले आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा आगामी प्रतिनिधिसभा बैठकमा खेल्नुपर्ने भूमिका र रणनीतिबारे छलफल हुनेछ । प्रतिनिधिसभा पुनःस्थापनाको खुसीयालीमा प्रचण्ड-नेपाल पक्षले आज देशभर विजय जुलुस पनि गर्दैछ ।
काठमाडौंमा भने शान्तिवाटिकामा दिउँसो १२ बजे विजय जुलुस आयोजना गरेको छ । उक्त विजय सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -