२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

ओलीले बोलाए स्थायी कमिटी बैठक

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते
- ADVERTISEMENT -

काठमाडौं / सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारको निर्णय बदर गरिदिएपछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका छन् ।
पार्टी विभाजनपछि पहिलोपल्ट ओली पक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका हुन् ।
ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना स्थायी कमिटी सदस्यहरु छन् ।

- ADVERTISEMENT -