विराटनगर / नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक जना अधिकृत घुसको रकमसहित बिहीबार पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले दुई लाख घुसको रकमसहित फक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विभागका अधिकृत सरोज सुवेदी रहेको र उनलाई विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् । कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’बाट पक्राउ गरिएको प्रवक्ता रिसालले बताए ।
दुई लाख घुससहित औषधि विभागका अधिकृत पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
