February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सीताराम संस्कृत माविका २९८ विद्यार्थीहरुलाई स्टेशनरी, ४० लाई पोशाक वितरण

February 26, 2021

चितवन / भरतपुर महानगरपालिका वडा नं. १ देवघाटधामस्थित सीताराम संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ । ‘शिक्षा अभियान वितरण कार्यक्रम’ अन्तर्गत सो सामग्री तथा पोशाक वितरण गरिएको नेपाल मानव धर्म सेवा सेवा समिति बागमति प्रदेश हेटौंडा क्षेत्रका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।


अध्यक्ष धितालका अनुसार करिब १ लाख बराबरको सामग्री वितरण गरिएको हो । उनले विद्यालयमा अध्ययनरत २ सय ९८ विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको बताए । जसअन्तर्गत ४० जनालाई पोशाक वितरण गरिएको थियो भने २ सय ९८ विद्यार्थीलाई झोला, कापी, कलम, विस्कुट दिइएको उनले भने ।
बोर्डिङ स्कुलका विद्यार्थीहरुबाटै संकलन गरिएको स्टेशनरी सामग्रीहरुलाई मानव धर्म सेवा समितिको सहकार्यमा विपन्न विद्यार्थीहरुलाई वितरण गर्दै आएको उनले बताए । बोर्डिङ स्कुलबाटै संकलित शैक्षिक सामग्री उनीहरुकै तर्फबाट र अपुग सामग्रीहरु मानव धर्म सेवा समितिले उपलब्ध गराउँदै आएको उनको भनाइ थियो ।


उक्त शैक्षिक सामग्री साइनिङ बोर्डिङ स्कुल गैंडाकोटबाट संकलित रहेको सोही स्कुलका विद्यार्थीहरुको उपस्थितिमा वितरण गरिएको थियो । नेपाल मानव सेवा समितिले ‘शिक्षा अभियान वितरण कार्यक्रम’ २०७३ सालबाट सुरु गरेको हो ।

- ADVERTISEMENT -