सप्तरी / प्रहरीले सप्तरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ । सो समूहका सप्तरी जनसता प्रमुखसहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा विप्लव समूहका सप्तरी जनसत्ता प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका ५२ वर्षीय आदर्श भनिने रामनाथ मण्डल तथा जिल्ला सदस्यद्वय राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल रहेका छन् ।
जनप्रतिनिधि र कार्यालय प्रमुखलाई धम्की दिएर चन्दा मागेको भन्दै आएको सूचनाको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सप्तरीका प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट चार थान मोबाइल, जनविद्रोह तथा वीर मधेशी लेखिएको किताब, युवा संगठन नेपालको सदस्यता ठेलीलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
- ADVERTISEMENT -

विप्लवका तीन नेता पक्राउ
February 27, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
