२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

फिस्लिङमा ट्रक पल्टियो, राजमार्ग अवरुद्ध

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते
तस्वीरः दान बहादुर गुरुङ
- ADVERTISEMENT -

कुरिनटार / पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–नौबिसे सडक खण्डमा ट्रक दुर्घटना भएको छ । उक्त ट्रक दुर्घटना बिहान करिब ७ बजे इच्छाकामना ३ फिस्लिङमा दुर्घटना भएको मुग्लिन प्रहरीले जनाएको छ ।
मुग्लिनबाट काठमाडौतर्फ जाँदै गरेको ना ८ ख १५०९ नम्बरको ट्रक सडकमा पल्टिदाँ सडक अवरुद्ध भएको छ । उक्त ट्रकलाई क्रेनको सहायताबाट उद्धार गरिने कार्य भइरहेको प्रहरीले बताए ।
प्रहरीका अनुसार मानवीय क्षति नभएको र केही घण्टामै बाटो खोलिने बताइएको छ ।

- ADVERTISEMENT -