February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा मनाइयो ३९औं मगर स्थापना दिवस

February 28, 2021

चितवन / देश तथा विदेशमा रहेका मगर संघ तथा संघका भातृसंगठनहरुले ३९ औं मगर स्थापना दिवस मनाए । २०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा मगर संघ र यससँग सम्बन्धित संघसंस्थाहरुले शनिबार स्थापना दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।
मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तिका लागि स्थापना भएको लाङ्घाली परिवार संघपछि नेपाल मगर संघमा परिवर्तन भएको मगर संघका संस्थापक महासचिव सुरेश आले मगरले जानकारी दिए ।
मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिए पनि मगर संघले २०३९ साल फागुन १५ लाई नै संघको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

- ADVERTISEMENT -