चितवन / चलचित्र ‘मिह्रीको प्रिमियर शो भएको छ । मगर संस्कृतिमा आधारित उक्त चलचित्रको प्रिमियर शो चितवनमा गरिएको निर्माण व्यवस्थापन ईश्वर रानामगरले जानकारी दिए ।
उनका अनुसार पहिलो शो नै सोचेभन्दा राम्रो भएको छ । दर्शकको तर्फबाट पनि सकारात्मक प्रतिकृया पाएकोले चलचित्र क्षेत्रमै काम गर्न थप हौसला मिलेको उनले बताए । चलचित्रमा मुख्य भूमिका निभाएका उनको कलाकारिता क्षेत्रमा पहिलो अनुभव हो । तर पहिलो पटक गरेको कामलाई दर्शकले मन पराइदिएको उनको भनाइ छ । चितवनबाट मगर समुदायमा आधारित रहेर निर्माण भएको यो पहिलो चलचित्र हो । चलचित्रमा सुरेश रानामगर (एलेक्स)को कथालाई रमेश रानामगरले लेखन निर्देशन गरेका हुन् ।
घना गुरूङको छायांकन तथा सम्पादन रहेको चलचित्र मिह्रीमा रमेश रानामगर, ईश्वर रानामगर, सनम आलेमगर, प्रीज्मा आलेमगर, स्रष्टी थापामगर, आशिक रानामगर, बलबिक्रम थापामगर, भीमबहादुर थापामगर, देवी थापामगर, प्रेमकुमारी आलेमगर, मिलन थापामगरलगायतका कलाकारहरुले अभिनय गरेका छन् । तनहुँ, चितवन र कास्कीमा छायांकन भएको चलचित्रको आगामी दिनमा चितवन जिल्लाभित्र रहेका मगर गुठीहरुमार्फत प्रदर्शन गरिने चलचित्रका लेखक, निर्देहक तथा कलाकार रमेश रानामगरले जानकारी दिए ।
चितवन जिल्लाभित्र कम्तिमा पनि ३५ वटा स्थानमा प्रदर्शन हुने उनको दाबी छ । चितवन बाहिरका जिल्लाहरुमा समेत मगर समुदायको बस्तीमा चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको उनले बताए । यस चलचित्र देवेन्द्र रानामगर,अमृता थापा मगर, थापा राना, तुलमान गुरुङ, प्रेम कुमारी आलेले निर्माण गरेका हुन ।
चितवनमा चलचित्र ‘मिह्री’को प्रिमियर शो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
