२०८२ असार २५, बुधबार
July 9, 2025
२०८२ असार २५, बुधबार
July 9, 2025 Wednesday

लाइसेन्सको लिखित र ट्रायल परीक्षा बागमति प्रदेशको हेटौँडाबाट सुरु

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते

हेटौंडा / लाइसेन्सको लिखित र ट्रायल परीक्षा मंगलबारदेखि बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडामा शुरु भएको छ । प्रदेशका विभिन्न जिल्लाका सवारी साधन धनीलाई सवारीको चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिखित परीक्षा र ट्रायल परीक्षा लिन बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले मंगलबारदेखि शुरु गरेको हो ।
सो कार्यालयका अनुसार नयाँ अनुमतिपत्र प्राप्तका गर्न लागि दिइएको ट्रायल परीक्षाबाट उत्तीर्ण भएकालाई केही हप्ताभित्रै चालकको नयाँ अनुमतिपत्र उपलब्ध गराइने छ । यातायात सेवा कार्यालय हेटौँडाका प्रमुख अधिकृत भक्तबहादुर भण्डारीले लाइसेन्स ट्रायल परीक्षामा उत्तीर्ण नभएकालाई सो कार्यालयले प्रथम, द्वितीय र तृतीय चरणमा क्रमशः मौका ट्रायल परीक्षा उपलब्ध गराउने जानकारी दिए ।
प्रदेशको चितवन, धादिङ, सिन्धुली, नुवाकोट, काभ्रे, रामेछाप, दोलखा र मकवानपुरको विभिन्न प्रकारको सवारी साधनका धनीलाई स्मार्ट कार्ड वितरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको भण्डारीले बताए ।
भण्डारीका अनुसार प्रदेशका विभिन्न जिल्लाको सबै प्रकारको सवारी साधनका चालक पुरानो अनुमतिपत्रको नवीकरण गर्ने कार्यसमेत भइरहेको छ । प्रदेश यातायात सेवा कार्यलय हेटौँडाले चालु आर्थिक वर्षको प्रथम, अर्धवार्षिकमा नयाँ फर्म दर्ता तीन हजार ७५८, सवारीको साधन नवीकरण १५ हजार २९३, सवारी नवीकरणको प्रतिलिपी ३०७, वर्ग थपको नयाँ फर्म दर्ता दुई हजार ७०७, वर्ग थपको पास भएका सवारीका संख्या ५८६ र सवारीको प्रतिलिपी नवीकरण र २९८ लाई हस्तान्तरण गरिएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -