चितवन / विशालचोक, भोजाड, पदमपुर सडकखण्ड निर्माण कार्य सुरु भएको छ । भरतपुर महानगर र भौतिक पुर्वाधार विकास कार्यालय भरतपुरले झन्डै ८२ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको बताइएको छ ।
भौतिक पुर्वाधार विकास कार्यालयले ४५ लाख रुपैयाँ विनियोजन गरी दुई नगरको सिमानाबाट पिचको सट्टा ढलान गरी सडक बनाउने भएको छ । महानगरले भोजाड सडक खण्डतर्फ ३७ लाख विनियोजन गरी ५ सय मिटर सडकमा ५ मिटर फराकिलो कालोपत्रे गर्ने गरी टेन्डरमा लगाइएको हो ।
भौतिक पूर्वाधार विकास कार्यालय बाग्मती प्रदेश कार्यालय भरतपुर कार्यालयका सिनियर डिभिजनल ईन्जिनियर पुस्कर प्रसाद पोखरेलका अनुसार आगामी असार मसान्तसम्ममा ढलान क्षेत्र सक्ने गरी काम अगाडि बढेको हो ।
विनियोजित ३७ लाखको बजेटमा पनि असार मसान्तभित्रै सक्ने गरी काम सुरु गरिसकेको र निर्माण कार्य धमाधम अगाडि बढिरहेको महानगरका सिनियर डिभिजन इन्जिनियर रत्न लामिछानेले बताए ।
भोजाड–पदमपुर सडक निर्माण कार्य सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
