रत्ननगर / काँग्रेसका युवा नेता तथा महाधिबेशन प्रतिनिधि रत्ननगर निवासी संजय लामाका पिता स्वर्गीय औलाद सिं तामाङलाई काँग्रेसका शीर्ष नेताहरुले घरमै पुगेर श्रद्धाञ्जली दिएका छन् । नेपाली काँग्रेस चितवनले आयोजना गरेको शोक सभामा नेपाली काँग्रेसका सभापति एवम् पूर्बप्रधानमन्त्री शेर बहादुर देउवा लगायतका शीर्ष नेताहरुले स्वर्गीय तामाङको चिरशान्तिको कामना गर्दैे परिवारजनलाई समबेदना प्रकट गरेका हुन ।
शोक मन्तव्य राख्दै सभापति देउवाले तामाङ निधनले सिंगो पार्टी मर्माहत भएको भन्दै पार्टी निर्माणमा तामाङले देखाएको बाटो अनुसरण गर्ने बताए । शोकसभामा वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री सशांक कोइराला लगायत केन्द्रीय नेताहरुको उपस्तिथि रहेको थियोे ।
तामाङले नेपाली काँग्रेसप्रति गरेको योगदानको सम्झना गर्दै मौन धारण गरिएको थियो । अहिंसाबादी आन्दोलनका सक्रिय सामाजिक अभियन्ता एवम् लोकतान्त्रिक ब्यक्तित्व औलाद सिं को यहि फागुन आठ गते ७७ बर्षको उमेरमा निधन भएको थियो ।
श्रद्धाञ्जली दिन घरमै पुगे काँग्रेसका शीर्ष नेता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
