ताप्लेजुङ / ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ खाम्लुङको दोभान बजारमा मङ्गलबार बिहान भएको आगलागीमा ४० करोड ५ लाख ७४ हजार रुपैयाँबराबरको क्षति भएको छ । ५० घर पूर्ण रूपमा जलेको र तिनका ३३ घरधनी तथा डेरावालसहित ६३ परिवार विस्थापित भएका छन् ।
आगलागीबाट १ करोड ६० लाख ५८ हजार रुपैयाँ नगदै जलेको पाइएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले सीआइएनलाई जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेको संयोजकत्वमा गठित समितिले आज क्षतिको विवरण सार्वजनिक गरेको हो ।
आगलागी पीडित ६३ परिवारका लागि गाउँपालिकाले प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आजै राहत उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताउनुभयो ।
यसैबीच, आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सहितको टोली दोभान बजार पुगेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

दोभान बजारको आगलागीमा ४० करोड ५ लाख बढीको नोक्सान
March 4, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
