July 13, 2024

संसदीय दलको बैठक फागुन २२ गते, प्रचण्ड–माधव समूहलाई पनि एसएमएस 

March 4, 2021
file photo

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएका छन् । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको हो । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको हो ।
बैठकमा सहभागी हुन भनी सबै १७३ सांसदलाई एसएमएसमार्फत सूचना दिइएको र प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएस पठाइएको बताइएको छ ।
प्रमुख सचेतक भट्टराईले पठाएको एसएसएसमा भनिएको छ, ‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ ।
प्रचण्ड माधव समूहले भने बुधबार मात्र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -