काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले आफुहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका छन् ।
काठमाडौंमा बिहीबार वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठीमा अध्यक्ष नेपालले वर्तमान राजनीतिक समस्या समाधान गर्न माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाधक नबन्ने बताए । मिलेर जानको निम्ति जुनसुकै विकल्पको निम्ति पनि आफुहरु तयार रहेको उनको भनाई छ ।
‘प्रतिगमनका विरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन ।’ उनले भने– ‘नेपाली काँग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौँ । सहकार्य गरौँ । खुल्ला रुपमा छलफल गर्न तयार छौँ । कुन ढंगले गर्दा हुन्छ हामी सबै अप्सनको निम्ति तयार छौँ । हामी बाधक होइनौँ । हामी समस्या होइनौं । हामी समस्या समाधानको निम्ति तयार छौँ ।’
March 4, 2021
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -