काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्। प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार बिहान रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
उनी आगजनी तथा संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा थिए । सरकार र विप्लव समूहबीच तीन बुदेँ सहमति भएपछि उनलाई सोही बमोजिम छाडिएको एक प्रहरी अधिकृतले जानकारी दिए । बाँस्तोलालाई अब सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने गरि उनकै श्रीमतीको जिम्मामा छाडिएको हो ।
बिहिबार सरकार र विप्लव समूहबीच प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको थियो । सहमतिपछि शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विप्लव र प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने तयारी रहेको छ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

विप्लव नेता धर्मेन्द्र बाँस्तोला रिहा
March 5, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
