January 24, 2025
- ADVERTISEMENT -

चितवनमा ७३ स्थानबाट लगाइने कोरोना विरुद्धको खोप

March 5, 2021

चितवन / चितवन जिल्लामा ७३ स्थानबाट कोरोना बिरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार फागुन २३ गतेदेखि जिल्लाका ७३ स्थानबाट खोप लगाइने भएको हो । शुक्रबार पत्रकार सम्मेलनमार्फत ६५ वर्ष माथिका वृद्धवृद्धालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणका लागि जिल्लामा २९ हजार डोज भ्याक्सिन प्राप्त भइसकेको र हाल ६५ हजार ६ सय ६ जनालाई लगाइने छ । जिल्लामा आएको खोपले ८० प्रतिशत नागरिकलाई पुग्ने अनुमान गरिएको छ ।
उनले ६५ वर्ष माथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपङ्तीमा खटिनेलाई पनि खोप लगाइने उनको भनाइ थियो । खोप अभियान फागुन २३ गतेदेखि २९ गतेसम्म चल्ने बताइएको छ ।
चितवनमा हालसम्म ६ हजार ८ सय ६२ जना कोरोना सङ्क्रमितको रहेको र सक्रिय संक्रमित ४९ जना रहेको उनले भने । सङ्क्रमित मध्ये १ सय ९ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -