२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

जिल्लाको शान्ति सुरक्षालाई प्राथमिकता : प्रजिअ लामिछाने

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते
- ADVERTISEMENT -

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले सूचना प्रवाहलाई सहज ढंगबाट अघि बढाउने बताए । सिडीओ गृहमन्त्रालयबाट केही दिन अघि मात्र सरुवा भएर चितवनमा कार्यभार सम्हालेका प्रजिअ लामिछानेले शुक्रबार पत्रकारहरुसँगको भेटघाटमा सो कुरा बताएको हो ।
नागरिकमैत्री सेवा प्रवाह तथा सूचनाको हक कार्यान्वयनका सम्बन्धमा प्रतिबद्ध रहने उनको भनाइ थियो भने ऐनले दिन नमिल्ने बाहेक सबै प्रकारका सूचनाहरु उपलब्ध गराउने बताए ।
जिल्लाका गतिविधिको बारेमा जानकारी लिँदै गरेको र आफूले मुखले भन्दा पनि कामलाई व्यवहारमा उतार्ने उनले बताए । नागरिकहरुले महसुस गर्नेगरी काम गर्ने र जिल्लाको शान्ति सुरक्षालाई प्राथमिकता राख्ने उनले भने ।
प्रजिअ लामिछानेलाई जिल्लाका संचारकर्मीहरुले यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराउ“दै शान्ति व्यवस्था तथा सुशासन कायम गर्न सुझाव दिएका थिए ।

- ADVERTISEMENT -