२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

दुई दशकपछि साकार बन्दै मेलम्ची सपना

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते
Photo : google
- ADVERTISEMENT -

काठमाडौँ / २०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए। चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा पनि काठमाडौं–१ र पर्साबाट चुनाव लडेका उनले फेरि पनि भट्टराईले मेलम्चीको पानीले राजधानी धुने नारा छाडेनन्। यतिसम्म कि भावी प्रधानमन्त्रीका रूपमा २०५६ सालको संसदीय निर्वाचनमा पर्साबाट उठ्दा वीरगन्जको सभालाई सम्बोधन गर्दा उनले ‘मेलम्चीले काठमाडौं पखाल्छु’ भन्न बाँकी राखेनन्। वीरगन्जवासीका लागि त्यो नाराले खासै अर्थ राख्दैनथ्यो। त्यसकारण उनी त्यहाँ पनि मजाकका पात्र बने ।
मेलम्ची खोला राजधानी पुर्‍याउने विषय नै अपत्यारिलो थियो। त्यसैले भट्टराईलाई हाँसोमा उडाउनु अस्वाभाविक थिएन। तर उनै भट्टराईले देखेको मेलम्ची सपना दुई दशक नाघेसँगै साकार भएको छ। मेलम्चीको पानी शनिबार सुन्दरीजल ओर्लेसँगै हिजो नेता भट्टराईलाई उडाउनेहरू आज उनैलाई सम्झिरहेका होलान्। जेहोस् अब उपत्यकावासीका घरघरमा मेलम्ची पुग्ने विश्वास बलियो भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -