काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाउने भएका छन् । शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले खोप लगाएर आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानको उद्घाटन गर्ने पनि मन्त्री त्रिपाठीले बताए ।
सरकारले आइतबारबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।
५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ । -तुखबरबाट ।
प्रधानमन्त्री ओलीले आज लगाउँदै कोरोनाविरुद्धको खोप
March 7, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -