२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशभर ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभरका ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ६६ जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७४ हजार ७ सय २१ जना पुगेको छ । जसमध्ये ८ सय २५ जना सक्रिय संक्रमित छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ जनाको पीसीआर परीक्षण भएसँगै नेपालमा हालसम्म २१ लाख ९२ हजार ८ सय ३६ जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५३ जना क्वारेन्टाइनमा छन्।
यसैगरी, पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमण निको हुनेको कूल संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -