मकवानपुर / प्रतिनिधिसभाको सातौँ अधिवेशन बैठक सुरु भएको छ ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी थिइन् ।
सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधि सभाको सातौँ अधिवेशन बैठक बसेको हो ।
नेकपाभित्रको विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए ।
तर सर्वोच्च अदालतले सरकारको संसद् विघटनको कदम खारेज गरिदिएपछि आज प्रतिनिधिसभाको बैठक बसेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धिकारिकताबारे सर्वोच्च अदालतले फैसला गरेको तथा ओली र प्रचण्ड–नेपाल समूहबीचको विवादका रहेकै बेला भएको प्रतिनिधिसभा बैठकलाई महत्वका साथ हेरिएको छ । सर्वोच्चको फैसलाअनुसार नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको पार्टीले पाएका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
