मकवानपुर / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीमा प्रचण्ड र केपी ओली आउन चाहे पार्टीमा स्वागत गर्ने बताएका छन् ।
सर्वोच्च अदालतको फैसलाले आफ्नो जित भएको प्रतिक्रिया दिँदै उनले प्रचण्ड र केपी ओलीलाई पार्टीमा आउन ढोका खुल्ला रहेको बताए ।
निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टीको रुपमा दर्ता भइसकेको थियो ।
२०७५ साल जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिष्ट पार्टी राखेर निर्वाचन आयोगमा पेश गरिएको थियो ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नेकपा राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको हो ।
March 7, 2021
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -