June 14, 2024

कांग्रेसद्वारा संसद् अवरुद्ध

March 7, 2021

मकवानपुर । प्रतिनिधिसभाको आइतबार बसेको सातौँ अधिवेशन बैठकमा संवैधानिक परिषद् समन्धी अध्यादेश जवर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेसका माननीयहरुले सदनमा नाराबाजी गर्दै संसद् अवरुद्ध गरेका हुन् ।
केही समयअघि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नासाथ प्रचण्ड–माधव पक्षले आपत्ति जनाउँदै बैठक कक्षबाट बाहिरिएको थियो ।
कांग्रेसका माननीयहरुले सरकारद्वारा संविधानको भावना विपरीत ल्याएको अध्यादेशको समर्थन गर्न नसक्ने भन्दै नाराबाजी गरेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -