मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित हेटौँडाका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १९ बस्ने ३४ वर्षीय सोमलाल ब्लोन र सोही ठाउँ बस्ने ३५ वर्षीय सोमलाल ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा अन्दाजी ९ किलो ६०० ग्रामसहित हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङस्थित पूर्व –पश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, नेवारपानीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना २ ह १८८३ नं. को अटोलाई रोकी चेकजाँच गर्दा अटोमा लुकाई छिपाई ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
- ADVERTISEMENT -
लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा
March 7, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -