March 19, 2025
- ADVERTISEMENT -

नवलपुरमा हतियार सहित दुई जनालाई पक्राउ

March 8, 2021
Photo : Halkaro

नवलपुर / नवलपुरमा प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीका अनुसार आइतबार दिउँसो १ बजेतिर नवलपुर प्रहरीले पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ चोरमारा डण्डाबीच जंगल ४० किलोमिटर भन्ने स्थानबाट हतियार सहित २ जनालाई पक्राउ गरेको हो ।
हतियार बरामद गरे पनि प्रहरीले हतियार को नाम खुलाई सकेको छैन भने घटनाको अनुसन्धान जारी रहेकोले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक दिलिप गिरीले बताए । पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ५ ख ६५६३ नं.को बस सवार यात्रुहरुलाई चेकजाँचको क्रममा प्रहरीले हतियार बरामद गरेको हो ।

- ADVERTISEMENT -