२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

जीप चलाउँदा चलाउँदै बेहोस भएपछि ….

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते
Photo : Ichchhakamana
- ADVERTISEMENT -

काठमाण्डौ / काठमाण्डौमा आइतबार राती अनौठो घटना भएको छ । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा जीप चलाइरहेका बेला ड्राइभर बेहोस भएपछि दुर्घटना भएको छ।
प्रहरीका अनुसार बा १८ च ५८७१ नम्बरको स्कर्पियोले राति १० बजेतिर रोकिराखिएका दुई ट्याक्सीलाई ठक्कर दिएको छ। ठक्करपछि उक्त जिप बिजुलीको पोलमा ठोक्किएको छ। सडक खाली भएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीको भनाई छ।
बेहोस रहेका चालकको सिभिल अस्पतालमा उपचार भइरहेको छ। पाल्पाबाट काठमाण्डौ आएको उक्त जीपमा दुई जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -