२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते
- ADVERTISEMENT -

काठमाडौं / दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
ना ४ ख ९०१६ नम्बरको बस र भे ११ प ३५९७ नम्बरको बुलेट मोटरसाइकल आइतबार राति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरु लमही नगरपालिका–८ निम्बुखुटीका ३० वरषीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापा रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

- ADVERTISEMENT -