February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हराएको २२ थान मोवाईल फेला, प्रहरीद्वारा सम्बन्धित धनीलाई फिर्ता

March 8, 2021

हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ । मोबाईल हराएको भनी निवेदन दिएका २२ थान मोबाइल फेला पारी प्रहरीले सोमबार सम्बन्धित धनीलाई बुझाएको हो ।
१२ हजार रुपैंयादेखि ५५ हजार रुपैंयासम्मका अन्दाजी ४ लाख ४० हजार रुपैंया बराबरको मोबाइल प्रहरीले खोजतलास गरी फेला पारेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका आइटि फाटका हवल्दार बिवेक भुषालले विशेष प्रविधिको प्रयोगगरी हराएको मोबोइल फेला पर्न सफल भएको बताए । हराएको मोबाईल फेला पारिदिएकोमा मोबाइलधनीले प्रहरीलाई धन्यवाद दिएका थिए ।

- ADVERTISEMENT -