चितवन / नेपालभर शाखा रहेको प्रेसिडेन्ट गु्रप अफ होटलद्वारा भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोकमा ‘प्रेसिडेन्ट तास घर’को दशौं शाखा शुभारम्भ गरिएको छ । चितवनको दोश्रो शाखा पुल्चोकमा शुभारम्भ गरिएको ‘प्रेसिडेन्ट तास घर’का अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए । भरतपुरमा यसअघि पहिलो शाखा सुरु भइसकेको छ ।
गामवेशीको चेपाङ संरक्षण केन्द्रमा आश्रित हेमकुमार चेपाङ र सिम्रन चेपाङले संयुक्त रुपमा रिवन काटेर शुभारम्भ गरिएको प्रबन्ध निर्देशक भण्डारीले बताए । चेपाङ बालबालिकालाई आर्थिक, शैक्षिक तथा व्यवहारिक ज्ञान अपहारिर्य भएकाले रेष्टुरेन्ट सम्बन्धी पनि थोरै ज्ञान दिने हेतुले उनीहरुबाटै उद्घाटन गरिएको उनले भने ।
हरेक दृष्टिकोणबाट पिछपिडएका चेपाङ बालबालिकालाई रेष्टुरेन्टका गतिविधिहरुको विषयमा जानकारी दिने उद्देश्यले निमन्त्रणा गरिएको उनले बताए । सोही अवसरमा शैक्षिक सामग्रीहरु पनि दिइएको थियो भने यसअघि पनि विभिन्न किसिमका सहयोग गर्दै आएको उनले भने ।
कार्यक्रममा सामाजिक काममा अनुकरणीय तथा अहमभूमिका खेलेको भन्दै संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई सम्मान गरिएको थियो । अध्यक्ष शर्माले चेपाङ बालबालिकाबाट रिबर काटेर उद्घाटन नयाँ सुरुवात भएको बताए । १२ वर्षको अभियानमा पहिलो पुरस्कार प्राप्त गरेको उनले भने ।
उनले यो तास घरले चेपाङ बालबालिकालाई सम्मान र पहिलो पटक बजारीकरण गरी दिनु भएकोमा हार्दिक आभार व्यक्त गरे । उनका अनुसार हाल अभियान अन्तर्गत चेपाङ केन्द्रमा आश्रित एकजना चेपाङ बालक पहिलो चेपाङ इन्जिनियर र आठजना छिट्टै नर्स हुने भएका छन् । देश तथा विदेशमा रहेको सम्पूर्ण महानुभावहरुमा यो अभियानको लागि सक्दो सहयोग गरी दिन पनि उनले अपिल गरे ।
कार्यक्रममा होटल व्यवसायी तथा रेष्टुरेण्ट संघ चितवनका अध्यक्ष ज्योति कँडेल, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश चुके, उपाध्यक्ष इमान्दु बराललगायतले मन्तव्य दिएका थिए भने सो अवसरमा विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।