२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

महिला हिसालाई पार्टीले संरक्षण गरेको महिला अधिकारकर्मीहरुको आरोप

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते
- ADVERTISEMENT -

–पुनम गौतम
पोर्तुगल । महिलाको विषयलाई लिएर सरकार संवेदनशील नभएको अधिकारकर्मी महिलाहरुले आरोप लगाएका छन् । महिला हिंसाका सवालमा अपराधलाई पार्टीले कहिलेसम्म संरक्षण गर्ने भन्दै अधिकारकर्मी महिलाहरुले परदेशबाट महिलाका सुरक्षा र चुनौतीको बारेमा शीर्ष नेताहरुलाई प्रश्न गरेका छन् ।
नेपाली नारी समाज पोर्तुगलले आयोजना गरेको १११औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा आइतबार पोर्तुगलको राजधानी लिस्वनमा आयोजना गरेको ‘महिला सुरक्षा र चुनौती’ विषयक जुम भर्चुअल विचार गोष्ठीमा बोल्दै अधिकारकर्मी महिलाहरुले सदनमा महिलाको विषय सही तरिकाले उठान गर्न नसकेको आरोप लगाएका हुन् ।
पछिल्लो समय दिनानुदिन बढ्दै गएको बलात्कार पछिका हत्याले आम नेपाली महिलाहरु त्रासपूर्ण जीवनयापन गर्न बाध्य भएका छन् । अपराध र अपराधीलाई कुनै पनि पार्टीले संरक्षण गर्न नहुने पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सांसद सुजता कोईरालाले बताइन् ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी सांसद कोईरालाले नेपालमा महिलाहरुको अवस्था अत्यन्त नाजुक रहेको बताउँदैं कोरोनाका कारण महिलाहरुमाथि घरेलु हिसां झन बढेको भनाइ थियो । नाबालक बालिकादेखि वृद्धाहरुसम्म हुने बलात्कारका घट्ना बढ्दै गएको यसका लागि सरकारले कुनै पनि पहल कदमी नभएकाले कसैलाई पनि कार्वाही नभएको उनले भनिन् ।
संसदमा ३३ प्रतिशत महिलाहरुले प्रतिनिधित्व गरे तापनि विकट ठाउँका महिलाहरु समक्ष पहुंच नभएको उनको भनाइ थियो । महिलाको नेतृत्व नभए महिलाको आवाज दबाइने भएकाले सबैलाई एकजुट हुन आग्रह गरिन् ।
त्यसैगरी बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई सरकारले मृत्युदण्डको कानुन ल्याउनुपर्ने नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष सांसद उमा रेग्मीले बताइन् । सरकारको प्राथमिकतामा महिलाको ज्यान नपर्ने भन्दै सांसद रेग्मीले पछिल्लो समय सुराकी बनेर आफन्तबाट नै छोरीहरु सुरक्षित नरहेको उनको भनाइ थियो ।
त्यस्तै बलात्कृत महिलालाई संरक्षण गर्न छाडेर राजनितिक कार्यकर्तालाई ढाकछोप गर्ने प्रबृतिको अन्त्य नभएसम्म महिलाहरु सुरक्षित नहुने नेपाल ल क्याम्पस उपप्राध्यापक अधिवक्ता विष्णु बस्यालले बताइन् । महिलाका पक्षमा वकालत भएता पनि विषयलाई सही तरिकाले उठान गर्न नसकेको अधिवक्ता बस्यालको भनाइ थियो ।
नेपाल, स्पेन, अमेरिका, लण्डन, अष्ट्रिया, नर्वे, जर्मन, स्विजरल्याण्ड, कतार, साउदी अरब, इजरायल, साइप्रस लगायत १५ देशका महिलाहरुको सहभागीतामा रहेको जुम भर्चुअल गोष्ठीमा करिव १५० जना भन्दा बढिले प्रतिनिधित्व गरेको थियो ।
गोष्ठीमा नेपाली कांग्रेस महिला विभागकी केन्द्रिय सचिव लक्ष्मी खतिवडा, समाजकी बैधानिक सल्हाकार तथा लैगिंक विशेषज्ञ डाक्टर ज्योति तुलाधर, नेपाल सरकार पोर्तुगलका लागि पर्यटनदुत रमेश गुरुङ, गैरआवासिय नेपाली संघ (एनआरएनए) पोर्तुगलका अध्यक्ष तिलक गैरे, नेपाल पत्रकार महासंघ तथा प्रेस यूनियनकी केन्द्रिय सदस्य सिर्जना अर्याल, चेली माईती समूहकी संयोजक ईन्दिरा निरौला, जि.पी फाउण्डेसन पोर्तुगलका सभापति शुशिल शर्मा गैरे, जनसम्पर्क समिति पोर्तुगलका कार्यकारी सभापति वकिल के.सी, जनसम्पर्क समिति बेल्जिएमकी सभापति तथा क्याट बेल्जिएमकी पूर्व अध्यक्ष सिता सापकोटा लगायत पोर्तुगलका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्देश्यबारे नेपाली नारी समाज पोर्तुगलकी संस्थापक अध्यक्ष तथा सम्मानित सदस्य सिता बरालले प्रकाश पारिन् भने उपाध्यक्ष विद्या आचार्य (बिमला) ले स्वागत मन्तव्य व्यक्त दिएकी थिइन् । महासचिव सिता श्रेष्ठ (शिवानी) ले सञ्चालन गरिएको कार्यक्रम समाजकी कार्यवाहक अध्यक्ष मिनामाया खरेलको अध्यक्षता रहेको थियो ।

- ADVERTISEMENT -