चितवन / मञ्जुश्री असाह्य संरक्षण केन्द्रले १११र्औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नारी सम्मान गरेको छ ।
कार्यक्रमकी प्रमुख अतिर्थी एवं कृषि तथा वन विज्ञान विश्वविध्यालयको सेवा आयोग अध्यक्ष कल्याणी मिश्र त्रिपाटीले आफु खुसी भए मात्रै परिवारलाई खुसी दिन सकिने बताउनुभयो । शिक्षा नै जीवनमा महत्वपूर्ण रहेको भन्दै उहाँले शिक्षालाई व्यवहारमा उतारेर आर्थिक उपार्जन गर्नु महत्वपूर्ण काम भएको बताउनु भयो । शिक्षालाई सिपमा परिवर्तन गर्न आग्रह गर्दै उहाँले आर्थिक उपजार्ननमा लागेमा धेरै हिंसा कम हुने बताउनु भयो ।
कार्यक्रममा सम्मानित व्यतिmत्व क्यान्सर विजेता टिका न्यौपाने देवकोटाले क्यान्सर बाट कसरी बच्न सकिन्छ, क्यान्सर के हो भन्ने बारेमा प्रष्ट पार्नु भएको थियो । आफ्नो स्वाथ्यका बारेमा सबै सचेत हुनुपर्ने उहाँको भनाई थियो ।
त्यसैगरी अर्का सम्मानित व्यत्तित्व बन्दना खाँडले आफुले आफूलाई कसरी आत्मवल बलियो बनाउने भनेर आफै लाग्नुपर्ने बताउनु भयो । आत्मबलकै कारण क्यान्सर जितेको भन्दै उहाँले आफुले आफैलाई माया गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष एवं कार्यक्रमकी सभापति मञ्जुखाडले हिंसा रहित समाज निर्माण गर्न नेतृत्व तहमा रहेका महिलाहरुको सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले सबै दिदी बहिनीको साथ र सहयोगले संरक्षण गृह सञ्चालन गर्न सहज भएको भन्दै जघन्य खालका हिंसा गर्नेलाई आजीवन कारावारको सजाय हुनुपर्ने बताउनु भयो ।
मञ्जुश्रीको नारी सम्मान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
