February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

श्रीमान् बोकेर श्रीमती दौडने प्रतियोगितामा गंगा र नवीन प्रथम

March 9, 2021

चितवन / तनहुँको देवघाट गाउँपालिकाको आयोजनामा श्रीमान् बोकेर श्रीमती दौडने प्रतियोगिता सम्पन्न भएको छ । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देवघाट गाउँपालिकाले उक्त प्रतियोगिता आयोजना गरेको हो । यो प्रतियोगिता फरक ढंगको र मनोरंजनात्मक भएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए ।
अध्यक्ष थापाका अनुसार प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भएका छन् भने गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो भएका छन् । त्यस्तैगरी, सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तेस्रो भएको उनले जानकारी दिए ।
उनले महिलाहरु शारिरिक र मानसिक रुपमा पुरुष सरह सक्षम भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताका विजेतालाई राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, गाँउपालिका अध्यक्ष थापा, उपाध्यक्ष विमला थापाले संयुक्त रुपमा शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
जिल्लामा पहिलो पटक भएको श्रीमान् बोकेर दौडिने प्रतियोगिता एक सय मिटरको रहेको थियो भने देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १४ जोडी सहभागी भएको थियो ।/

- ADVERTISEMENT -