June 14, 2024

चितवनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)द्वारा बोर्ड राखियो

March 9, 2021
Photo : Sauraha online

चितवन / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चितवनद्वारा मंगलबारदेखि जिल्ला पार्टी कार्यालय संचालन ल्याएको छ । सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताइ दिएपछि मओवादी केन्द्रले भरतपुर कृष्णपुरस्थित पार्टी कार्यालयको प्राङ्गणमा आफ्नो कार्यालयमा बोर्ड राखी कार्यालय संचालनमा ल्याएको हो ।
कार्यक्रममा प्रदेश सासंद घनश्याम दाहाल (अविनाश)ले साम्राज्यवादी, विस्तारवादी र हाम्रो देशका घोर दक्षिणपन्थी प्रतिक्रियावादीहरुको कारण पार्टी एकतामा आएको बताए । अब माओवादीहरु सशक्त रुपमा अगाडि बढ्नुपर्ने उनको धारणा थियो ।
माओवादी केन्द्र चितवनका नेता आरसी अधिकारीले अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफुहरु उत्साहित हुदै फेरि माओवादी पार्टी कार्यालय नियमित रुपमा सञ्चालन गरेको बताए ।
कार्यक्रममा माओवादी केन्द चितवनका अध्यक्ष यमबहादुर परियारले सबैलाई समेटेर माओवादीलाई एकताबद्ध बनाउनु पर्ने उनले बताए । उनले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा भरतपुर महानगरकी मेयर रेनु दाहाल लगायतका नेताहरुको सहभागीता थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -