काठमाडौं / आज शिवरात्री । हिन्दु धर्मालम्बीहरुका आराध्यदेव भगवान शिवको आज विशेष पूजा आराधना गरिँदैछ । आजको दिनलाई शिवको प्रिय दिनको रुपमा पनि मानिन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्नका लागि भक्तजनहरुको ठूलो घुईंचो लागेको छ । त्यसैगरी विश्वभरका शिवालयमा श्रद्धाभक्तिका साथ भगवान शिवको विशेष आराधना भैरहेको छ ।
शिवलाई रुद्र भनिएको छ । रुद्रको अघिपछि भूतप्रेत, पिसाच, नन्दी लगाएर हिँड्ने महाकाल शिवको आराधनाको महापर्व नै शिवरात्रि हो । शिव व्यक्तिको चेतनामा अन्तर्यामी छन् भन्ने मान्यताकासाथ त्यहि अन्तर्यामी चेतना जगाउने र उनै शिव र शक्तिको मिलनको पर्वका रुपमा महाशिवरात्रि पर्व मानिन्छ । यस पर्वको हिन्दू धर्ममा विशेष महत्व छ । यसैबीच महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्थापन गरेको छ । महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै आज बिहानै ४ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन् । मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।
यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । विगतका वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए । पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्ने भक्तजनहरुका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
- ADVERTISEMENT -
आज महाशिवरात्री, भक्तजनहरुद्वारा पूजा आराधना गरिदैँ
March 11, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -