२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

घूस दिन खोज्ने ४ जना चालक पक्राउ

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते
- ADVERTISEMENT -

चितवन / घुस दिन खोज्ने चालकहरुलाई धमाधम पक्राउ गर्न थालिएको छ । चितवन ट्राफिक प्रहरी चितवनले एक हप्तामा ४ जना चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार कार्यालय परिसरमा पत्रकार सम्मेलन मार्फत् गर्दै सो जानकारी दिएको हो ।
चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले आर्थिक लेनदेनमा शुन्य सहनशिलता अपनाएर घुस दिन खोज्ने वा दिने चालक तथा घुस लिने प्रहरी दुबैलाई कारबाही गर्ने गरिएकोे जानकारी दिए ।
आफ्नो गल्ती छुपाउन वा गल्तीबाट छुटकरा पाइन्छ की भन्ने आशले चालकले ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न वा घुस दिन खोज्छन् । ट्राफिक प्रहरीले आर्थिक प्रलोभन अस्वीकार गरी प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारवाही गर्ने अभियान नै चलाएर काम गरिरहेको छ । एसपी अधिकारीका अनुसार पछिल्लो एक हप्तामा पक्राउ पर्ने चालकहरुमध्ये एक जना ट्रक चालकले कागजमा बेरेर एक हजार रुपैयाँ दिन खोजेका थिए । यस्तै अर्का एक जना ट्रक चालकले सवारी चालक किताबभित्र एक हजार रुपैयाँ राखी प्रहरीलाई घुस दिन खोजेका थिए । यस्तै अरु दुई जनामा एउटा कार चालक र अर्का कारमा सवार रहेका छन् ।
नारायणगढबाट काठमाडौं जाँदै गरेका उनीहरुले यात्रुलाई चढाएर रकम अशुल्न खोजेका थिए । प्रहरीका अनुसार उनीहरुले ट्राफिकलाई पनि घुस खुवाउनुपर्छ भन्दै रकम असुलेका थिए । प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा पनि प्रहरीसँग अभद्र व्यवहार देखाएको एसपी अधिकारीले जनाए ।

- ADVERTISEMENT -