June 25, 2024

त्रिशुलीमा ट्रक खस्यो, २ जना घाईते

March 11, 2021
Photo : Ichchhakamana

कुरिनटार / त्रिशूली नदी किनारमा ट्रक खस्दा दुई जना घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ डहकी खोला पुल नजिकैबाट गएराती अन्दाजी १ बजेको समयामा भैरहवाबाट काठमाडौ सिमेन्ट बोकेर जादैँ गरेको लु २ ख २७६ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो।
उक्त दुर्घटनामा परि चालक दीपक मगर र सहचालक सुदिप वि. क. घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। घाइते मध्ये चालक दीपक मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -