मकवानपुर / प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध फागुन ९ गते अविस्वासको प्रस्ताव दर्ता भएको छ । उनीविरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमाथि प्रदेशसभाको बैठकमा छलफल हुन भने बाँकी छ ।
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपालाई खारेज गर्दै पूर्व माआवादी केन्द्र र एमाले ब्यूँताइदिएपछि उनी ढुक्क भएका छन् ।
१ नम्वर प्रदेशसभामा नेकपा एमालेको एकल बहुमत छ ।
प्रदेशसभाको बैठक चैत २ गतेलाई बोलाइएको छ ।
यता नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने जनाइएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले चैत १ देखि समर्थन फिर्ता लिने तयारी रहेको जानकारी दिएका छन् ।
तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा पनि शेरधन लाईले नेतृत्व गरेको सरकारलाई असर नपर्ने देखिएको छ ।
९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेका ५१, माओवादी केन्द्रका १६, नेपाली कांग्रेसका २१, समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक जना सदस्य छन् ।
प्रदेशमा बहुमतको सरकार निर्माणका लागि ४७ मत आवश्यक पर्छ । -तु खबरबाट ।
टिक्ला त मुख्यमन्त्री राई नेतृत्वको सरकार ?

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
