२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ गते 

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते
Photo : Nepaltimes
- ADVERTISEMENT -

काठमाडौं / केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने भएको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने गरी तयारी भइरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताएका छन् ।
उनले भने, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिन्छ ।’
सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

- ADVERTISEMENT -