काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार १७७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १२ पुगेको छ ।
आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९२९ रहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि
March 12, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
