July 21, 2024

नेकपा एमालेको अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज

March 12, 2021

काठमाडौं / नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरेको छ । आज बसेको नेकपा एमाले बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद सबैको पद खारेज गरेको हो ।
एमाले अध्यक्ष ओलीले बिहिबार आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका हुन् ।
बैठकले प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार ज्ञवाली र नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।
बादललाई बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारीसमेत दिइएको जनाएको छ । प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल नियुक्त गरेको पार्टीका केन्द्रीय सदस्य थापाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -