मकवानपुर / हेटौंडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ३ बजेको समयमा झापाको काँकडभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको यात्रुबहाक बस र विपरित दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा यात्रुबहाक बस चालक वीरगंज महानगरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारतको सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको बिहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।
यसैगरी, बसमा सवार अभयलालको उपचारको लागि हेटौंडा अस्पताल ल्याएको र चिकित्सकले मृत घोषणा गरेको र दुर्घटनामा गम्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
सोही दुर्घटनामा परी ट्रक चालक, सहचालक, सवार गरी ३ जना र बसका ७ जना गरी १० जना घाइते भएका छन् । घाइतेहरु सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एकाबिहानै सवारी दुर्घटना, तीन जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58











